परीक्षामा असफल भएका विद्यार्थीका लागि डा. योगी विकाशानन्दको सन्देश!

"परीक्षामा असफल भएर केही पनि फरक पर्दैन । किनभने सफल भएरै पनि के नै पो फरक पर्छ र ? शिक्षित बेरोजगारको कारखाना बन्दै गएको यस देशमा, शिक्षितहरू आतंककारी बन्दै गएको यस संसारमा परीक्षा होईन जीवनमा सफल हुनु पुरूषार्थ हो । नोवेल पुरस्कार पाउने रवीन्द्रनाथ टैगोर सात पटक 'एस् एल् सी स्ट्याण्डर्ड' को जाँचमा फेल भएका थिए । त्यस्तै विश्व विख्यात फिल्म डाइरेक्टर स्टेफन स्पीइल बर्ग, ए. बी. सी. न्यूजका मालिक पिटर जेनिङ्ग्स, एप्पल कम्प्यूटरका स्टेभ् जब्स्, अमेरिकी पूर्व राष्ट्रपति हेरी एस् टुमन आदि केही यस्ता नमुना हुन् जसले औपचारिक शिक्षामा खासै सफलता पाएनन् ।

त्यसकारण परीक्षामा असफल हुनुको मतलव जीवनमा असफल हुनु पक्कै होइन, बरू जीवन सफल पार्ने सुनौलो अवसर हुनसक्छ । म त भन्छु भाग्यमानी हुन् फेल हुनेहरू, किनभने मन नपरेको विषयवस्तु पढेर आफ्नो सिर्जनशीलता नष्ट पार्नुभन्दा मन परेको विषयमा तालिम लिएर पछि त्यसैलाई शिक्षा एवं व्यावसाय समेत बनाउने स्वर्ण अवसर हुन सक्छ, परिक्षामा फेल हुनु भनेको ।"

साभार : जीवन कला मासिक

How to Utilize Negativity?

Here's the YouTube video of the speech of Dr. Yogi Bikashananda on "How to utilize Negativity?"


प्रश्नको तागत

स्टाण्डफोर्ड विश्व–विद्यालयले गरेको एउटा अनुसन्धानको नतीजाअनुसार कुरा गर्ने हो भने सामान्यमान्छेले आफनो मस्तिष्कको २ प्रतिशतमात्र प्रयोगमा ल्याइरहेका छन् र त उनीहरू सामान्य बनेका हुन् ।

यस्तै एउटा रिपोर्टअनुसार आइन्स्टाइनको मस्तिष्क भने १२–१३ प्रतिशत प्रयोगमा आएका हुन् त्यसैले सामान्यमान्छे भन्दाभिन्न भई उनी युग–पुरुष बन्न सफल भएका अरे ।

प्रस्टै देखिने कुरा –मस्तिष्कका दुई गोलार्ध छन् तर यी दुवै गोलार्धको कार्य–प्रणाली र क्षमता भिन्ना भिन्नै भएको कुरा भने नोबल पुरुष्कार विजेता अमेरिकी न्यूरोलोजिष्ट डा. रोजर स्पेरीले पत्तालगाएका हुन् । उनैले पत्तालगाएअनुसार दाँया मस्तिष्क कला–प्रधान हुन्छ भने बायाँ तर्क–प्रधान । अर्को शब्दमा भनुपर्दा दायाँ मस्तिष्क भाव प्रधान हुन्छ भने बाँया विचार–प्रधान । र, हाम्रो नियन्त्रण दायाँ मस्तिष्कमाथि विरलै भएको पाइन्छ ।

जहाँसम्म विचारको कुरा छ अर्थात् बाँया मस्तिष्कको कुरा छ त्यसमा पनि हाम्रो पकड दुई प्रतिशत भएको माथिनै उल्लेख भइसकेको छ । र, विचार–प्रधान मस्तिष्कमाथि नियन्त्रण नभइकन भाव–प्रधान मस्तिष्क (जुन ९० प्रतिशत शक्ति ओगटेर बसेको छ ) माथि नियन्त्रण संभव देखिंदैन । दायाँ–बाँया दुवै मस्तिष्कमाथि नियन्त्रण नभईकन महा पुरुषको जन्म पनि भएको पाईदैन अतः बाँया मस्तिष्कमाथि पूर्ण नियन्त्रण गर्ने बाटो के होला त ? किनकि यस प्रश्नको जवाफसितै महा पुरुष बन्ने बाटो जो खुल्ले देखिन्छ ।

पछिल्लो समयमा विभिन्न देशका वैज्ञानिकहरूले निर्विवादरूपमा एउटा के कुरा ठम्याउन भ्याएका छन् भने सबै जसो जिनियसमान्छेहरू सानैदेखि हरेक कुरामाथि प्रश्न गर्थे र गर्छन् । यही बारम्बार प्रश्न गर्ने, कुराको चित्तबुझ्दो जवाफ नपाएसम्म प्रश्न जारीराख्नाले बाँया मस्तिष्कको पूर्ण विकास भएको देखियो । अर्को शब्दमा भनुपर्दा कुनै पनि उत्तरबाट तबसम्म चित्त नबुझाउनु जबसम्म तथ्य पत्ता लाग्दैन ।

इतिहास साक्षी छ यूरोपमा पध्रौं–सोह्रो शताब्दीलाई पुनर्जागरण काल भनिन्छ । यहीबाट विज्ञान, कला साहित्य सबै विद्याले फड्को मारेका हुन् । यसको श्रेय जान्छ प्रश्न–प्रत्तिप्रश्न जारी राख्दै खोज अनुसन्धान गर्ने ताकतलाई । प्रसंगवश इतिहासकै सबभन्दा बहुमुखी प्रतिभावान् मानिएका लिओ नार्डो दा भिन्चिकै कुरा कोट्याऔँ । त्यत्रो अभूतपूर्ण प्रतिभा उनमा कहाँबाट पलायो ? त्यही प्रश्न जारी राख्ने ताकत । उनी अध्यापकहरुसित यसरी प्रश्नमाथि प्रश्न सोध्थे–कि टिचरहरु नाजवाफ हुन्थे ।

पछि दा भिन्चिले आफूभित्रको महानप्रत्तिभा विस्फोट गराउने सात अत्यन्त महत्वपूर्णसूत्रहरू छोडेर गए जुन हाउ टू थिंक लाइक लिओ नार्डो दा भिन्चि भन्ने पुस्तकमा समाहित छन् । ती सफलताका सात स्वर्णीम सूत्रमा पनि सबभन्दा महत्वपूर्ण हो – प्रश्न गर्ने बानीको विकास ।