प्रश्नको तागत

स्टाण्डफोर्ड विश्व–विद्यालयले गरेको एउटा अनुसन्धानको नतीजाअनुसार कुरा गर्ने हो भने सामान्यमान्छेले आफनो मस्तिष्कको २ प्रतिशतमात्र प्रयोगमा ल्याइरहेका छन् र त उनीहरू सामान्य बनेका हुन् ।

यस्तै एउटा रिपोर्टअनुसार आइन्स्टाइनको मस्तिष्क भने १२–१३ प्रतिशत प्रयोगमा आएका हुन् त्यसैले सामान्यमान्छे भन्दाभिन्न भई उनी युग–पुरुष बन्न सफल भएका अरे ।

प्रस्टै देखिने कुरा –मस्तिष्कका दुई गोलार्ध छन् तर यी दुवै गोलार्धको कार्य–प्रणाली र क्षमता भिन्ना भिन्नै भएको कुरा भने नोबल पुरुष्कार विजेता अमेरिकी न्यूरोलोजिष्ट डा. रोजर स्पेरीले पत्तालगाएका हुन् । उनैले पत्तालगाएअनुसार दाँया मस्तिष्क कला–प्रधान हुन्छ भने बायाँ तर्क–प्रधान । अर्को शब्दमा भनुपर्दा दायाँ मस्तिष्क भाव प्रधान हुन्छ भने बाँया विचार–प्रधान । र, हाम्रो नियन्त्रण दायाँ मस्तिष्कमाथि विरलै भएको पाइन्छ ।

जहाँसम्म विचारको कुरा छ अर्थात् बाँया मस्तिष्कको कुरा छ त्यसमा पनि हाम्रो पकड दुई प्रतिशत भएको माथिनै उल्लेख भइसकेको छ । र, विचार–प्रधान मस्तिष्कमाथि नियन्त्रण नभइकन भाव–प्रधान मस्तिष्क (जुन ९० प्रतिशत शक्ति ओगटेर बसेको छ ) माथि नियन्त्रण संभव देखिंदैन । दायाँ–बाँया दुवै मस्तिष्कमाथि नियन्त्रण नभईकन महा पुरुषको जन्म पनि भएको पाईदैन अतः बाँया मस्तिष्कमाथि पूर्ण नियन्त्रण गर्ने बाटो के होला त ? किनकि यस प्रश्नको जवाफसितै महा पुरुष बन्ने बाटो जो खुल्ले देखिन्छ ।

पछिल्लो समयमा विभिन्न देशका वैज्ञानिकहरूले निर्विवादरूपमा एउटा के कुरा ठम्याउन भ्याएका छन् भने सबै जसो जिनियसमान्छेहरू सानैदेखि हरेक कुरामाथि प्रश्न गर्थे र गर्छन् । यही बारम्बार प्रश्न गर्ने, कुराको चित्तबुझ्दो जवाफ नपाएसम्म प्रश्न जारीराख्नाले बाँया मस्तिष्कको पूर्ण विकास भएको देखियो । अर्को शब्दमा भनुपर्दा कुनै पनि उत्तरबाट तबसम्म चित्त नबुझाउनु जबसम्म तथ्य पत्ता लाग्दैन ।

इतिहास साक्षी छ यूरोपमा पध्रौं–सोह्रो शताब्दीलाई पुनर्जागरण काल भनिन्छ । यहीबाट विज्ञान, कला साहित्य सबै विद्याले फड्को मारेका हुन् । यसको श्रेय जान्छ प्रश्न–प्रत्तिप्रश्न जारी राख्दै खोज अनुसन्धान गर्ने ताकतलाई । प्रसंगवश इतिहासकै सबभन्दा बहुमुखी प्रतिभावान् मानिएका लिओ नार्डो दा भिन्चिकै कुरा कोट्याऔँ । त्यत्रो अभूतपूर्ण प्रतिभा उनमा कहाँबाट पलायो ? त्यही प्रश्न जारी राख्ने ताकत । उनी अध्यापकहरुसित यसरी प्रश्नमाथि प्रश्न सोध्थे–कि टिचरहरु नाजवाफ हुन्थे ।

पछि दा भिन्चिले आफूभित्रको महानप्रत्तिभा विस्फोट गराउने सात अत्यन्त महत्वपूर्णसूत्रहरू छोडेर गए जुन हाउ टू थिंक लाइक लिओ नार्डो दा भिन्चि भन्ने पुस्तकमा समाहित छन् । ती सफलताका सात स्वर्णीम सूत्रमा पनि सबभन्दा महत्वपूर्ण हो – प्रश्न गर्ने बानीको विकास ।

No comments:

Post a Comment